आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेटफ्लिक्सले बढायो शुल्क

बिहीबार, ०२ कात्तिक २०८०, ११ : ४१
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले सब्सक्रिप्शन शुल्क बढाएको छ । बुधबारदेखि लागू हुने गरी अमेरिका, बेलायत र फ्रान्समा शुल्क बढाएको हो । यो वर्षको तेस्रो त्रैमासमा नेटफ्लिक्समा ९० लाख सब्सक्राइबर आबद्ध भएका थिए । यो वाल स्ट्रिटका विश्लेषकहरूले गरेको प्रक्षेपण भन्दा निकै धेरै हो ।

चालु त्रैमासमा पनि सोही संख्यामा सब्सक्राइबर थपिने आशा कम्पनीले गरेको छ । यसले हलिउडमा हडताल जारी रहेपनि नेटफ्लिक्सलाई नछोएको देखाएको छ । नेटफ्लिक्सले आफ्ना कयौँ शो र फिल्म विदेशमा बनाउने गरेको छ ।

नेटफ्लिक्सले अमेरिकामा प्रिमियम एडरहित योजनाको शुल्क ३ डलरले बढाएर २२ डलर ९९ सेन्टमा पुर्‍याएको छ । प्रिमियम शुल्क बेलायत र फ्रान्समा पनि २ पाउन्ड र २ युरो बढाएर क्रमशः १७ पाउन्ड ९९ सेन्ट र १९ पाउन्ड ९९ सेन्ट पुर्‍याइएको छ । यो खबर सार्वजनिक भएपछि बुधवारको कारोबारमा कम्पनीको शेयर मूल्य १३ प्रतिशतले बढेको थियो । एजेन्सी

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप