आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए एसिया प्यासिफिक संयोजकमा भट्टराईसहित चार उम्मेदवार, कसको पक्षमा आउला नतिजा ?

बिहीबार, ०२ कात्तिक २०८०, १२ : ०९
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक संयोजकमा मलेसियाका हरि भट्टराईसहित चार जना उम्मेदवार मैदानमा खडा भएका छन् । गएरातिदेखि सुरु भएको निर्वाचनमा संयोजक पदमा भट्टराईसहित डण्डपाणि कँडेल, प्रदीप न्यौपाने र शिव प्रसाद पौडेलको उम्मेदवारी परेको हो । 

भट्टराई मलेसियाबाट प्रतिनिधित्व गर्छन् भने कँडेल र पौडेल जापानबाट प्रतिनिधित्व गर्छन् । यस्तै न्यौपाने भने चीनबाट प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली हुन् । 
जापानबाटै दुई जना उम्मेदवार रहेकाले मलेसियामा व्यवसाय गर्दै आएका र एनआरएनए अभियानमा सक्रिय भट्टराई फाइदा पुगेको बताइएको छ । जसका कारण चुनाव रोचक बनेको बताइएको छ । 
 
भट्टराईले एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधीहरुलाई श्रमिकमैत्री बनाउन पहल गर्ने, एसिया प्यासिफिकका देशहरुमा एनआरएनएको सञ्जाल विस्तार गर्ने, प्रमुख श्रम गन्तव्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गर्नेलगायतका प्रतिबद्धता जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप