आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निशान नेपालको अफर-इंग्ल्याण्ड र पाकिस्तानबिचको विश्वकप भिडन्त लाइभ हेर्ने अवसर

बिहीबार, ०२ कात्तिक २०८०, १३ : ५४
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकपका अवसरमा निशानले भाग्यशाली ४ विजेतालाई इंग्ल्याण्ड र पाकिस्तानबिचको खेलको टिकट उपहार दिने भएको छ ।  

निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरू उक्त लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन्।  खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहासिक इडेन गार्डेन स्टेडियममा हुने तय भएको छ। 

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमारले अति रोमाञ्चक खेलकुदको उत्सव  क्रिकेट विश्वकप र आईसीसीसँगको साझेदारीलाई निरन्तरता दिन यो उपहार घोषणा गरेको बताए । 

यस प्रतिष्ठित कार्यक्रमको मुख्य प्रायोजकको रूपमा, निसानले क्रिकेट प्रतिको प्रेम फैलाउन र आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू सिर्जना गर्न समर्पित गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप