आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रणवीरले पापाराजीलाई आफैँसँग लिफ्टमा लगेपछि....

बिहीबार, ०२ कात्तिक २०८०, १३ : ५७
बिहीबार, ०२ कात्तिक २०८०

मुम्बई । बलिउडका टप एक्टर हुन् रणवीर कपुर । फिल्ममा उनको अभिनयलाई निकै मन पराइन्छ । वास्तविक जिन्दगीमा भने उनले देखाउने व्यवहारका कारण उनी बारम्बार ट्रोल भइरहन्छन् । प्रायः उनी राम्रै मूडमा देखिन्छन् । तर कहिलेकाँही भने पापराजीको हर्कतले रिसाउँछन् । बुधबार राति पनि यस्तै भयो ।

एउटा भिडियोमा रणवीरले एक फोटोग्राफरलाई लिफ्टमा आफूसँगै घिसारेर लगेको देखिन्छ । बुधबार राति उनी टी–सिरिजको अफिस पुगेका थिए । त्यहाँ पापाराजीले उनको फोटो खिच्न खोजे । यो देखेर उनी रिसाए । तर उनले रिस देखाएनन् । उल्टै जिस्किएर पापाराजीलाई समाते अनि आफूसँगै लिफ्टभित्र लगे । यसो गरिरहँदा उनी जिस्किदै ‘यसलाई म लैजाँदै छु,’ भनिरहेका थिए । सो भिडियो फ्यानलाई निकै फनी लाग्यो । भिडियोमा फनी फनी कमेन्ट आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप