आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय आप्रवासन नीति बनाउँदै सरकार

मङ्गलबार, ०७ कात्तिक २०८०, १८ : १०
मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । सरकारले राष्ट्रिय आप्रवासन नीति बनाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय आप्रवासन नीति बनाउन लागेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राष्ट्रिय आप्रवासन नीति बनाउन लागिएको बताए । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरूले काम गर्दै आएका छन् । तर, उनीहरूको व्यवस्थापनका विषयमा कुनै नीति बन्न सकेको छैन । यसका लागि सरकारले नीति बनाउन लागेको मन्त्री भण्डारीले बताए । 

‘आप्रवासन चक्रको विषयमा अब नीति ल्याउनुपर्छ । यसका लागि अत्यन्तै ढिला भइसकेको छ । त्यही भएर हामीले नेशनल माइग्रेन पोलिसी (राष्ट्रिय आप्रवासन नीति) लाई अगाडि बढाउन खोजिरहेका छौँ’ मन्त्री भण्डारीले भने । 

श्रम बजारमा कस्ता श्रमिकको माग बढी छ भन्ने विषयको यकिन जानकारी हुन सकेको छैन । यसका लागि सरकारले नीति बनाएर प्रष्ट पान खोजेको उनको भनाई छ । 

‘अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा छ । हाम्रा श्रमिकहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार कसरी बनाउने ? कुन–कुन बजारमा कुन–कुन खालका श्रमिक पठाउने ? गएकालाई कसरी फर्काएर ल्याउने ? उनीहरूले त्यहाँ सिकेको ज्ञान, सीपलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा हाम्रो कुनै नीति छैन । सरकारले त्यसलाई व्यवस्थित गर्न नीति बनाउन खोजेको हो’ मन्त्री भण्डारीले भने । 

यसका लागि विज्ञहरूलाई खटाएर देशको आवश्यकता, विश्व बजारको मागको आधारमा नीति बनाउन लगाइने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप