आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा विभिन्न पार्टीबाट एमालेमा प्रवेश

मङ्गलबार, ०७ कात्तिक २०८०, २० : १०
मङ्गलबार, ०७ कात्तिक २०८०

रौतहट । रौतहटको फतुवा विजयपुर नगरालिकास्थित नेकपा एमाले नगर कमिटीको आयोजनामा बिहीबार आयोजित शुभकामना आदानप्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी छाडेर नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा माओवादीबाट शिवपुजन यादव, जसपाबाट प्रभात कुशवाहा, धर्मेन्द्र राय यादव, उपेन्द्र राय यादव, भागवत चौधरी, नेकपा एकीकृत समाजवादीबाट वीरेन्द्र राय यादव एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई नेता भट्टराईले टीका र माला लगाएर स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप