आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीजी ब्रुअरीमा कर्मचारीमाथि कुटपिट, कानुनबमोजिम कारबाही गर्ने चेतावनी

मङ्गलबार, ०७ कात्तिक २०८०, २० : ३०
मङ्गलबार, ०७ कात्तिक २०८०

काठमाडौँ । सीजी ब्रुअरी प्रा.लि.मा गत कार्तिक १ गते व्यवस्थापन अधिकारीमाथि भएको कुटपिटको घटनाप्रति कम्पनीले भर्त्सना गरेको छ । त्यहाँ कार्यरत मजदुरले बोनसको विषयलाई लिएर अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि गरेको कम्पनीको भनाई छ । 

यस्ता गैर कानुनी क्रियाकलापको समाधान कानुन बमोजिम हुने कम्पनीले जनाएको छ । ब्रुअरीले एक विज्ञप्ति जारी गर्दै देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदुर र कर्मचारीलाई विगत वर्षहरूमा छ महिनासम्मको बोनस वितरण गरेको जिकिर गरेको छ ।

‘तर, अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भीर नकारात्मक असर सी जी ब्रुअरीमा परेको छ । अघिल्लो वर्षको तुलनामा सी जी ब्रुअरीका उत्पादनको बिक्रीमा २५ प्रतिशतले ह्रास आएको छ । यस्तो अवस्थामा कम्पनीले आफ्ना मजदुर÷कर्मचारीको रोजगारीमा असर नपरोस् भनेर कठिन अवस्थामा पनि व्यवस्थापन गर्दै आएको छ । तर, कम्पनी नोक्सानमा रहेको अवस्थामा पनि बोनसको माग गर्दै व्यवस्थापनका अधिकारीमाथि निर्मम रूपमा कुटपिटमा उत्रिनु अत्यन्तै अशोभनीय छ,’ कम्पनीले भनेको छ, ‘आफ्ना असहमतिहरूलाई शान्तिपूर्ण वार्ताको माध्यमद्वारा अगाडि सारिनुपर्नेमा व्यवस्थापनमा रहेका अधिकारीहरूमाथि कुटपिट गर्ने, ढुंगामुढा गर्ने, कार्यालयहरू तोडफोड गर्ने लगायतका अराजक गतिविधिहरू सह्य नहुने ब्यहोरा स्पष्ट रूपमा जानकारी गराइन्छ ।’

हतोत्साहित बनिसकेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साहित बनाउने र अन्ततः उद्यमीहरू पलायन हुनसक्ने अवस्थाप्रति सजग रहन कम्पनीको कर्पोरेट कम्युनिकेसन विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप