आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग्ने पक्राउ

मङ्गलबार, ०७ कात्तिक २०८०, २० : ३९
मङ्गलबार, ०७ कात्तिक २०८०

बारा । आफू ‘पत्रकार हुँ’ भन्दै पत्रकार र प्रहरी लगायतको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल रहेका छन् ।

उनले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको आरोप छ । साथै यसबापत दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप