आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीजी ब्रुअरीका कर्मचारी कुटपिटको घटनाबारे चेम्बरको ध्यानाकर्षण

बुधबार, ०८ कात्तिक २०८०, १२ : ३४
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ।  नेपाल चेम्बर अफ कमर्सले सी.जी. ब्रुअरीमा बोनसको विषयलाई लिएर गत बुधबार भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेला यस्ता कार्यले अधिकांश उद्योग व्यवसायमा थप असर पर्ने  चेम्बरले उल्लेख गरेको छ । 

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीहरू न्यून क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि सङ्घर्ष गरिहरेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदुरहरूले व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि नगर्न चेम्बरको आग्रह छ, ।’

व्यवस्थापन र मजदुरबिच शान्तिपूर्ण छलफलका माध्यमबाट समस्या समाधान गर्ने विकल्प छँदा छँदै तोडफोडमा उत्रिनु अशोभनीय भएको चेम्बरले जनाएको छ । आफ्ना मागलाई लिएर वार्ता तथा विधिद्वारा समाधानको बाटो रोज्नुको साटो तोडफोडमा उत्रिनु व्यावसायिक वातावरणको प्रतिकुल हुने चेम्बरको ठहर छ । 

चेम्बरले भनेको छ, ‘देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमतामा हाल निकै गिरावट आएको छ । उद्योग कलकारखानामा हुने यस्ता गतिविधिले उद्योगलाई धराशायी हुने र औद्योगिक प्रवर्द्धनमा नकारात्मक असर पर्नेछ । यस्ता खाले गतिविधिले आन्तरिक र बाह्य लगानीलाई समेत गम्भीर असर पर्नेछ, ।’

सी.जी ब्रुअरीमा भएको पछिल्लो घटनाले औद्योगिक उत्पादनमा योगदान पुर्याएका उद्यमीहरूलाई भविश्वमा थप समस्यामा पार्ने  पनि चेम्बरले सम्बन्धित सबैलाई सजग गराएको छ । औद्योगिक सम्बन्धलाई सुमधुर बनाउन र उश्रृंखल गतिविधि नगर्न÷नगराउन समेत सम्बन्धित पक्षसँग चेम्बरले आग्रह गरेको छ । 

राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याईरहेका उद्यमीहरूको मनस्थितिलाई थप कमजोर हुनबाट जोगाउनका लागि आवश्यक पहल हुनुपर्ने चेम्बरले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप