आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

असन-इन्द्रचोकमा दुई जना भरिया मजदुरको मृत्यु

बुधबार, ०८ कात्तिक २०८०, १३ : ०३
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । असन इन्द्रचोक क्षेत्रमा भारी बोकेर गुजारा गर्दै आएका दुई जनाको मृत्यु भएको छ । प्रहरीले मासङ गल्ली  र असनमा बिरामी अवस्थामा भेटिएका भरिया मजदुरलाई अस्पतालमा पठाएको थियो । वीर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  रातोपाटीलाई बताए । 

मृत्यु हुनेमा दोलखाको कालिन्चोक घर भएका ५४ वर्षीय पूर्णबहादुर थामी छन् । अन्दाजी ३५ वर्ष जतिका अर्का मृतकको भने पहिचान खुलेको छैन । ती भरिया मजदुर सार्वजनिक स्थानमै बस्ने गरेका थिए  यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप