आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हार्दिक पाण्डेयाले न्युजिल्यान्डविरुद्धको खेल खेल्न नसक्ने

बुधबार, ०८ कात्तिक २०८०, १३ : २२
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्डेयाले जारी आईसीसी एकदिवसीय विश्वकपको न्युजिल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । जारी विश्वकपमा न्युजिल्यान्ड र भारतबिचको खेल आइतबार धर्मशालामा खेलिने छ । 

३० वर्षीया हार्दिक बंगलादेशविरुद्ध बिहीबार खेलिएको खेलका क्रममा घाइते भएका थिए । उनको बायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको समाचारमा जनाइएको छ । उक्त खेलमा भारतले बंगलादेशलाई हराएको थियो । 

‘चोटका कारण हार्दिक पाण्डेया न्युजिल्यान्डविरुद्धको खेलमा उपस्थित हुने छैनन् । इङ्ल्यान्डविरुद्धको खेलमा भने उनी टोलीमा फर्कने सम्भावना छ । हाल उनी चिकित्सकको निगरानीमा छन्,’ बीसीसीआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बंगलादेशविरुद्धको खेलको नवौँ ओभरमा फिल्डिङ गर्ने क्रममा हार्दिक घाइते भएका थिए ।   

हार्दिक पाण्डेयाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ८४ विकेट लिइसकेका छन् । उनले टेस्टमा १७ र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७३ विकेट लिएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय खेलमा एक हजार सात सय ६९ रन बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप