आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैङ्कले शुक्रवार १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्दै

बुधबार, ०८ कात्तिक २०८०, १३ : ५०
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज शुक्रवार १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैङ्कले कात्तिक १० गते जारी गर्नेगरी २८ दिने, ९१ दिने र १८२ दिने र ३६४ दिने गरी चार किसिममा कूल १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । 

तथापि, केन्द्रीय बैङ्कले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ४९ अर्ब रुपैयाँ र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैङ्कले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि शुक्रवार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । 

यसअघि केन्द्रीय बैङ्कले असोज २९ गते १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप