आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक्सले दुई नयाँ प्रिमियम सब्सक्रिप्सन ल्याउँदै

बुधबार, ०८ कात्तिक २०८०, १४ : १२
बुधबार, ०८ कात्तिक २०८०

अमेरिका । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सले छिटै नै दुई ओटा नयाँ प्रिमियम सब्सक्रिप्सन लञ्च गर्ने भएको छ ।

शुक्रबार ट्विट पोष्टमा कम्पनीका मालिक एलन मस्कले यसको घोषणा गरेका हुन् । एउटा सब्सक्रिप्सन कम मूल्यको सबै फिचरयुक्त हुनेछ । यसमा विज्ञापन हुनेछ । अर्कोको सब्सक्रिप्सन फि केही महँगो हुने अनि यो विज्ञापनरहित हुने बताइएको छ । ट्विटमा मस्कले दुबै प्रिमियम सब्सक्रिप्सनको शुल्क खुलाएका छैनन् । न त यसको लञ्च डेटबारे नै कुनै संकेत गरेका छन् ।

एक्सले मंगलबार मात्रै न्यूजिल्यान्ड र फिलिपिन्सका लागि वार्षिक १ डलरको सब्सक्रिप्सन सेवा शुरु गरेका थियो । यस अघि भने अहिलेको मासिक ८ डलरको प्रिमियम सब्सक्रिप्सनलाई तीन फरक फरक योजनामा एक्सले टुक्र्याउन सक्ने भन्दै समाचारहरू आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप