आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुधबार, ०८ कात्तिक २०८०, १५ : २३
बुधबार, ०८ कात्तिक २०८०

पोखरा । पोखरामा विपरित दुई दिशाबाट आइरहेका मोटरसाइकल एक आपसमा ठोक्किँदा गोरखाका शुक्रराज श्रेष्ठको मृत्यु भएको छ । 

पोखरा–२५ स्थित फुर्केटारी चोकमा ग१६प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२-०१६ प ७०८४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा श्रेष्ठ घाइते भएका थिए । उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । अर्का घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप