आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गाजामा नरसंहार रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन
फोटोफिचर

गाजामा नरसंहार रोक्न माग गर्दै काठमाडौँमा प्रदर्शन

बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । चरमपन्थी समूह हमासले गरेको आक्रमणको जवाफमा इजरायलले प्यालेस्टाइनमा गरिरहेको सैन्य कारबाहीमा सर्वसाधारणले ज्यान गुमाइरहेको विरोधमा वृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको छ । आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालयअघि प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीहरूले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमीसमेत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया