आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाँच दिनमा १० हजार बढीले छाडे वीरेन्द्रनगर

बुधबार, ०८ कात्तिक २०८०, १९ : २०
बुधबार, ०८ कात्तिक २०८०

सुर्खेत । दसैँ मनाउनका लागि पाँच दिनमा १० हजार भन्दा बढीले प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिएका छन् । घटस्थापनादेखि बिहीबारसम्म प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिर जानेको सङ्ख्या १० हजार ७३० रहेको प्रदेश ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

यो सङ्ख्या सार्वजनिक यातायातको प्रयोग गरेर जानेहरूको सङ्ख्या मात्र हो । मोटरसाइकल, सरकारी गाडी र निजी गाडी प्रयोग गरेर जानेहरूको रेकर्ड प्रहरीसँग छैन । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख राम प्रकाश साहले शुक्रबारदेखि भने राजधानी वीरेन्द्रनगर छाड्नेहरूको सङ्ख्यामा कमी आएको बताए । ‘हिजो–अस्तिसम्म निकै प्रेसर नै थियो, आजदेखि निकै कम भइरहेको छ,’ उनले भने,‘ दसैँ मनाउन जानेहरू अधिकांश गाउँ फर्किसकेको देखिन्छ ।’

मान्छेहरू गाउँ जान थालेपछि राजधानी वीरेन्द्रनगर भने सुनसान बन्ने थालेको छ । यद्यपि अझै पनि हजारौँ सङ्ख्याले वीरेन्द्रनगर छाड्ने अनुमान प्रहरीको छ । विगतका बर्सहरूजस्तो यो पटक मान्छेहरू गाउँ फर्किएको भने देखिँदैन । उनका अनुसार अन्तबाट सुर्खेत भित्रिनेको सङ्ख्या भने १२ हजार बढी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप