आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख समक्ष प्रतिवेदन प्रस्तुत

बिहीबार, ०९ कात्तिक २०८०, ०६ : ०३
बिहीबार, ०९ कात्तिक २०८०

मोरङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको चौथो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो । 

त्यस अवसरमा प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई सुदृढ बनाउन जनजातिलगायत अन्य आयोगको अहम्  भूमिका रहेको बताउँदै साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता  कायम गर्दै राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । आयोगका अध्यक्ष थापा मगरले  प्रदेशका आदिवासी जनजाति  समुदायको सार्वभौम अधिकार सुनिश्चित गनुपर्ने विषयलाई प्रतिवेदनमा समेटिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप