आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्वकपमा आज

आत्मविश्वासी नेदरल्याण्ड्स र संघर्षरत श्रीलंका भिड्दै

बिहीबार, ०९ कात्तिक २०८०, ०६ : २९
बिहीबार, ०९ कात्तिक २०८०

लखनउ । एकदिवसीय विश्वकप २०२३ मा आज अर्थात शनिबार डबल हेडर खेलहरु हुँदैछन् । पहिलो खेल नेदरल्याण्ड र श्रीलंकाबीच लखनउको एकना स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार १०:४५ बजेबाट सुरु हुनेछ।

विश्वकपमा नेदरल्याण्ड र श्रीलंकाबिचको यो पहिलो खेल हो । यसअघि विश्वकपमा दुवै टोली आमनेसामने भएका छैनन् । तर, यी दुई टोलीबीच एकदिवसीयमा ५ खेल भएका छन् । सबै खेल श्रीलंकाले जितेको थियो । दुई टोलीबीचको अन्तिम खेल जुलाईमा विश्वकप छनोटका क्रममा भएको थियो । जसमा श्रीलंका १२८ रनको ठूलो अन्तरले विजयी भएको थियो ।

शानाका आउट, मेन्डिसमा जिम्मेवारी 

श्रीलंकाका कप्तान दासुन शनाका घुँडाको चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा आजको खेलमा पनि कुसल मेन्डिसले कप्तानी गर्नेछन् । 

मेन्डिसले यो विश्वकपमा टोलीका लागि सबैभन्दा बढी रन बनाएका छन् । उनले ३ खेलमा २०७ रन बनाएका छन् । उता, दिलशान मदुशंकाले सर्वाधिक विकेट लिएका छन् । स्पिनर नचल्नु टोलीका लागि चिन्ताजनक छ। टोलीका स्टार स्पिनर महिश तिक्षानाले २ खेलमा १ विकेट र दुनिथ भेलालाघेले २ विकेट मात्रै पाएका छन् ।

उता नेदरल्याण्ड्सको टोलीले पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकपमा ठूलो उलटफेर गरेको थियो । टोलीका अलराउन्डर बास डी लीडेले विश्वकपमा नेदरल्याण्ड्सका लागि अहिलेसम्म सबैभन्दा बढी विकेट लिएका छन् । स्कट एडवर्ड्सले टोलीका लागि सबैभन्दा धेरै रन बनाएका छन् ।

मौसम अवस्था 

दिनको समयमा तापमान ३१ डिग्री सम्म जान सक्छ। दिनभर घाम लाग्ने छ। पानी पर्ने सम्भावना छैन । 

पिच रिपोर्ट 

दक्षिण अफ्रिकाले केही दिन अघि मात्रै यहाँ ३सय ११ रन बनाएको थियो । दिनको समयमा पिच बाउन्स र टर्न हुन्छ। बल राति ब्याटमा छिटो आउँछ। फास्ट बलरहरूले यी अवस्थाको फाइदा उठाउन सक्छन्। टस जित्ने टोलीले पहिले ब्याटिङ गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप