आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिम्रौनगढ नगरपालिकाको सातौँ नगरसभा स्थगित, मूलगेटमा तालाबन्दी, कामकाज ठप्प

बिहीबार, ०९ कात्तिक २०८०, ०९ : १३
बिहीबार, ०९ कात्तिक २०८०

बारा । जिल्लाको दक्षिण तर्फ भारतसँग सिमा जोडिएको सिम्रौनगढ नगरपालिकाको सातौँ नगरसभा स्थगित  भएको छ ।  नगरप्रमुख किशोरी प्रसाद कलवारले नगरसभा सदस्यहरूलाई असोज ३० गते पत्राचार गरेर शुक्रबार बिहान ७ बजे देखि नगरसभाको आह्वान गरेका थिए । तर अन्तिम समयमा नगर प्रमुख कलवार आफै अनुपस्थित भएपछि उपप्रमुख नजमु शेहरको अध्यक्षतामा नगरसभाको बैठक केही क्षण बसेर स्थगित भएको हो । 

५९ जना नगरसभा सदस्य रहेको सो पालिकामा उपप्रमुख  नजमु शेहरको अध्यक्षतामा पालिकाको सभाहलमा बसेको नगरसभा सदस्यहरूको बैठकमा ३९ जनाले हस्ताक्षर गर्दै नगरसभा स्थगित गर्ने निर्णय भएको वडा नम्बर ४ का वडाध्यक्ष अवधेस सहनीले जनाएका छन्  । 

393786571_850715726711748_7437247324675278850_n

बैठकले नगरप्रमुख किशोरी प्रसाद कलवारको स्वेच्छाचारी,मनोमानी निर्णय गरेको भन्दै विरोधमा बहुमत नगरसभा सदस्यहरूले सिम्रौनगढ नगरपालिकामा अनिश्चितकालका लागि विषयगत शाखाहरू लगायत कार्यालयको मुलढोकामा तालाबन्दी गरेका छन् । नगरप्रमुख कलवारको कार्यशैलीको विरोधमा आन्दोलन गर्ने निर्णय समेत गरिएको वडा नम्बर ११ का वडाध्यक्ष सुरेन्द्र प्रसाद जैशवालले जनाएका छन् ।  प्रमुख  कलवारले सहमतिमा नगरसभा गर्न नमानेमा सबै वडाको कामकाज समेत ठप्प पार्ने वडाध्यक्षहरूको भनाई छ ।

 सिम्रौनगढ नगरपालिकाको सभाहलमा मेयर कलवार स्वयम आफै उपस्थित नभई करिब दुई तिहाइ बहुमतको नगरसभा सदस्यहरूलाई पाखा लगाउँदै अवैधानिक रूपमा कानुन विपरीत नगरसभा गरेको नाटक मन्चनको गरेको भन्दै त्यसप्रति खेद प्रकट गर्ने बैठकले निर्णय समेत गरेको उपप्रमुख नजमु शेहरले जनाएकी छिन् । 

393822864_342672751613784_7910850465775843728_n

नगरसभाको लागि शुक्रबार बिहानै देखि सिम्रौनगढ नगरपालिकाको सभा अगाडी प्रहरी परिचालन गरी नगरसभा सम्पन्न गर्नका लागि जनप्रतिनिधि तयारी अवस्थामा थिए । पालिकाको कामकाज ठप्प गर्न पाउँदैन, राजनीतिक बन्द गर, मुख्यमन्त्री यादवको तानशाही चल्दैन, नगरपालिकालाई बन्धक बनाउन पाउँदैन भन्दै उनीहरुले मुख्यमन्त्री र नगरप्रमुख विरुद्व नाराबाजी गरेका थिए । 

नेपाली काँग्रेसको नगरसभामा प्रष्ट बहुमत रहेको हुँदा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको मनोबल गिराउने काममा प्रमुख  कलवारबाट भएको भन्दै कांग्रेस नेता कार्यकर्ताहरूले प्रमुख कलवारका पुत्ला दहन समेत गरेका छन् । सिम्रौनगढ नगरपालिकामा समयमै  नगरसभा सम्पन्न हुन नसक्दा कर्मचारीहरूले तलब खान पाएका छैन भने कामकाज अस्तव्यस्त रहेको छ । यता विगत ४ दिन देखि शिक्षकहरूले तबलको माग गर्दै पालिकाको मुलगेटमा नै तालाबन्दी गरी धर्ना दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप