आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : कागिसो राबाडा (दक्षिण अफ्रिका)

बिहीबार, ०९ कात्तिक २०८०, १० : ४९
बिहीबार, ०९ कात्तिक २०८०

एकदिवसीय विश्वकपमा शनिबार दक्षिण अफ्रिका र साविक विजेता इङ्ल्यान्डबिच खेल हुँदैछ । खेल मुम्बइस्थित वानखेड स्टेडियममा खेलिने छ । खासगरी यो स्टेडियम ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । तर, त्यहाँको पिच तिब्रगतिका बलरहरुलाई पनि साथ दिने चरित्रको छ । 

खेलको प्रारम्भमा यो रंगशालामा तिब्रगतिका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै आएको इतिहास छ । त्यसैले इङ्ल्यान्डविरुद्धको खेलमा दक्षिण अफ्रिकाले आफ्ना अनुभवी बलर कागिसो राबाडाबाट निकै ठूलो आशा गरेको छ । 

राबाडा दायाँहाते तिब्रगतिका बलर हुन् । उनले दक्षिण अफ्रिकाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २८ वर्षीय राबाडाले दक्षिण अफ्रिकाका लागि हालसम्म ९५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । 

एकदिवसीय प्रतियोगिताको ९३ पालीमा उनले २७.३९ को औसतले एक सय ५१ विकेट लिएका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन केवल १६ रन दिएर ६ विकेट हो । उनले एकदिवसीय खेलमा दुईपटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । 

उनले एकदिवसीय खेलमा ६ पटक चार विकेट पनि लिएका छन् । उनले दक्षिण अफ्रिकाका लागि ६० टेस्ट खेल्दै २२.३४ को औसतले कुल दुई सय ८० विकेट लिएका छन् । टेस्ट क्रिकेटको एक पालीमा उनको उत्कृष्ट प्रदर्शन एक सय १२ रन खर्चिएर सात विकेट हो । 

टेस्ट क्रिकेटको दुबै पालीमा भने उनको उत्कृष्ट प्रदर्शन एक सय ४४ रन खर्चिएर १३ विकेट हो । टेस्ट क्रिकेटमा उनले १३ पटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । उनले टेस्ट क्रिकेटमा १४ पटक चार विकेट हात पारेका छन् । 

राबाडाले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ५६ खेल खेल्दै २९.८७ को औसतले कुल ५८ विकेट लिएका छन् । टी—२० मा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर तीन विकेट हो । यसका अतिरिक्त टोलीलाई आवश्यक्ता पर्दा उनी टोलीका लागि रन पनि बनाउन सक्छन् । उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ४० पाली खेल्दै तीन सय ४४, टेस्टमा ९३ पाली खेल्दै आठ सय ९७ र टी—२० अन्तर्राष्ट्रियमा २१ पाली खेल्दै एक सय ४७ रन बनाएका छन् । 

जारी विश्वकपमा उनले  सात विकेट लिइसकेका छन् । नेदरल्यान्डविरुद्धको खेलमा उनले दुई विकेट लिएका थिए । यद्दपि, उक्त खेलमा दक्षिण अफ्रिका अप्रत्यासित रुपमा पराजित भएको थियो । उनले अस्ट्रेलियाविरुद्धको खेलमा तीन र श्रीलंकाविरुद्धको खेलमा दुई विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप