आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएलाई विभाजनतर्फ लगियोः आरके शर्मा

बिहीबार, ०९ कात्तिक २०८०, १४ : ३३
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका प्रत्यासी आरके शर्माले संघलाई बद्री केसी पक्षले विभाजनतर्फ लगेको टिप्पणी गरेका छन् । शनिबार विवादका बीच नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण गरिएसँगै शर्माले यस्तो टिप्पणी गरेका हुन् ।  

‘एकलौटी ढंगले सिस्टमलाई कब्जा लिएर निर्वाचन प्रभावित गरेर स्वतन्त्र ढंगले निर्वाचन नभएको हुँदा यसरी मन्जन गरिएको कथित शपथको कुनै औचित्य नहुने यो एनआरएनए अभियानको मर्म विपरित हुने छ । यसरी शपथ लिएर एउटा पक्षले अभियानलाई विभाजन तर्फ लगेको छ’, शर्माले भने । 

उनले आफूहरु पवित्र अभियानलाई विभाजन हुन नदिनेमा दृढ रहेको पनि बताए । शर्माले निर्वाचनमा गम्भीर त्रुटि र मतदाताको मतबाट निर्वाचनको परिणाम घोषणा नभएको कुरा निर्वाचन समितिले स्वीकार गरिसकेको पनि बताए । ‘यस्तो अवस्थामा एनआरएनए विश्व सम्मेलनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय भइसकेको र निर्वाचनमा देखिएको त्रुटि छलीलाई छानबिन १५ दिनभित्र सक्ने सहमति विपरीत कथित शपथको कार्यक्रम राखिएकोमा गम्भीर असहमति व्यक्त गर्दछु’, उनले भने ।  

शर्मा र महेश श्रेष्ठ समूहसमेतले आफ्नो धारणा सार्वजनिक गर्न शनिबार नै शपथको कार्यक्रम राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप