आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

बिहीबार, ०९ कात्तिक २०८०, १५ : ०९
बिहीबार, ०९ कात्तिक २०८०

राजविराज । हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । 

सो दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । राजविराजबाट पश्चिम जाँदै गरेको स१०प ४७२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप