आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जब एउटा मान्छे हराउछ’ र ‘मित्याङ्सा’ लाई विमल गुरुङ कृति पुरस्कार

बिहीबार, ०९ कात्तिक २०८०, १७ : ३९
बिहीबार, ०९ कात्तिक २०८०

धरान । गार्खाका कवि चन्द्र गूरुङको कविता कृति ‘जब एउटा मान्छे हराउछ’ र मिरिक दार्जिलिङ (भारत) निबासी विजय बान्तवा कैलाशीको गद्य संग्रह ‘मित्याङ्सा’ लाई ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा दिने निर्णय भएको छ । 

कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फुलपातीको दिन पुरस्कार घोषणा गर्दै दुइ कृतिलाई संयुक्तरुपमा पुरस्कार प्रदान गरिने जानकारी दिएको हो । पुस्तकालयका तर्फबाट राज माङलाकले चन्द्र गुरुङको कविता कृति ‘जव एउटा मान्छे हराउछ’ नेपाली साहित्यमा शालिन शैलीमा व्यक्त जीवनका शाश्वत मुल्यको खोजी गरिएका कविताहरुको संग्रह भएको जनाउदै पुरस्कार योग्य भएको ठहर गरेको बताए । 

यसैगरी मिरिक निवासी विजय बान्तवा कैलाशीको कृति ‘मित्याङ्सा’ दार्जिलिङ क्षेत्रमा नेपाली भाषी गोर्खालीहरुले भोग्दै आएको भौगोलिक, राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह–अवरोहलाई सुन्दर शैलीमा पस्किएको गद्य कृति भएकाले पुस्तकालयले ०७९ को विमल कृति दुवै जनाको कृतिलाई प्रदान गर्ने निर्णय गरिएको माङलाकले बताए । 

पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णवहादुर गुरुङले विमल कृति पुरस्कारकालागि आव्हान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक/साहित्यकार/सर्जकहरुबाट  १०१ कृति प्राप्त भएका मध्ये पहिलो चरणमा श्रेष्ठ २१ ओटा कृति छनौट गरिएको र साही मध्येबाट उत्कृष्ट दुइ कृति पुरस्कारका निम्ति चयन गरिएको बताए ।  

उक्त पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३२ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औं जन्मजयन्तीको अवसरमा नगद राशी दुइलाख रुपैया, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने अध्यक्ष गुरुङले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप