आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपमा श्रीलंकाको पहिलो जीत

बिहीबार, ०९ कात्तिक २०८०, १८ : ४७
बिहीबार, ०९ कात्तिक २०८०

लखनउ । भारतमा जारी एकदिवसीय विश्वकपमा श्रीलंकाले पहिलो जीत हासिल गरेको छ । शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ६३ रनको लक्ष्य श्रीलंकाले १० बल अगावै पछ्यायो । श्रीलंकाको जीतमा सदिरा समराविक्रमाले सर्वाधिक ९१ रनको योगदान दिए । त्यस्तै, ओपनर पाथुम निशांकाले ५४ रन तथा चारिथ अशलंकाले ४४ रन तथा धनञ्जय डी सिल्भाले ३० रनको योगदान दिए । नेदरल्याण्ड्सका लागि आर्यन दत्तले ३ तथा पाउल भान मेकरिन तथा कोलिन एकरम्यानले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबे विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले ७० तथा लोगन भानविकले ५९ रन बनाएका थिए । श्रीलंकाका लागि दिल्सान मधुशंका र कासुन रजिथाले ४–४ विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप