आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

दुई अपराजित टोलीको भिडन्त आज

२० वर्षदेखि प्रतियोगितामा न्युजिल्याण्डविरुद्ध जितको पर्खाइमा भारत
शुक्रबार, १० कात्तिक २०८०, ०७ : ३४
शुक्रबार, १० कात्तिक २०८०

धर्मशाला । एकदिवसीय विश्वकप २०२३ मा हालसम्म अपराजित रहेका दुई टोली भारत र न्युजिल्याण्ड आइतबार आमनेसामने हुँदैछन् । खेल हिमाचल प्रदेश क्रिकेट संघ स्टेडियम, धर्मशालामा दिउँसो २:१५ बजे हुनेछ। 

सन् २०१९ मा भारतलाई विश्वकप जित्ने बलियो दाबेदार मानिन्थ्यो तर सेमिफाइनलमा न्युजिल्याण्डसँग १८ रनले पराजित भएपछि टोली बाहिरिएको थियो।

हेड-टू-हेड र पछिल्ला रेकर्डहरू

दुई टोलीबीच हालसम्म कुल ११६ एकदिवसीय खेलहरु खेलिएका छन् । भारतले ५८ खेल जितेको छ भने न्युजिल्याण्डले ५० खेल जितेको छ । ७ खेल अनिर्णित रह्यो भने एक खेल टाई पनि भयो ।

एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डको अग्रता छ । प्रतियोगितामा यी दुईबीच ९ खेल भएका छन् जसमध्ये ५ मा न्युजिल्याण्डले जित्यो भने ३ मा भारतले जितेको छ । सन् २०१९ को विश्वकपमा मा एक खेल वर्षाका कारण अनिर्णित रह्यो भने अर्को खेल न्युजिल्याण्डले जितेको थियो ।

भारतले पछिल्लो पटक सन् २००३ मा न्यूजिल्याण्डविरुद्ध एकदिवसीय विश्वकपमा जित हासिल गरेको थियो । त्यसपछि सीधा दुवै टोलीले २०१९ विश्वकपमा प्रतिस्पर्धा गरे जहाँ सेमिफाइनलमा भारत पराजित भयो। अर्थात् भारत २० वर्षदेखि प्रतियोगितामा न्युजिल्याण्डविरुद्ध जितको पर्खाइमा छ ।

भारतले  पछिल्लो ५ एकदिवसी मध्ये ४ खेल जितेको छ भने एक खेलमा मात्रै हार बेहोरेको छ । त्यस्तै न्युजिल्याण्डले पछिल्ला ५ खेल लगातार जितेको छ ।

विश्वकपमा दुवै टोलीको पाँचौँ खेल 

विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । भारत र न्यूजिल्याण्ड दुवैले पहिलो चार खेल जितेका छन् र दुवै अंक तालिकाको शीर्ष दुईमा रहेका छन् । दुवै टोलीको ८–८ अंक भए पनि राम्रो रनरेटका कारण न्युजिल्याण्ड पहिलो स्थानमा छ । 

यो विश्वकपमा भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक रन बनाएका छन् । उनको नाममा एक शतक र एक अर्धशतक पनि छ । बलिङमा भने तीव्र गतिका बलर जसप्रित बुमराहले सर्वाधिक १० विकेट लिएका छन् ।

न्युजिल्याण्डका लागि प्रतियोगितामा सर्वाधिक रन बनाउने डेभन कोनवे छन् । उनले शतकसहित २ सय ४९ रन प्रहार गरेका छन् । बलिङमा मिचेल सेन्टनर सर्वाधिक विकेट लिने खेलाडी हुन्, उनले चार खेलमा ११ विकेट लिएका छन् ।

भारतका अलराउन्डर हार्दिक पाण्डेय आज खेल्ने छैनन् । १९ अक्टोबरमा बंगलादेशविरुद्ध बलिङ गर्ने क्रममा हार्दिक घाइते भएका थिए । आफ्नो स्पेलको पहिलो ओभरको तेस्रो बलमा बलिङ गरेपछि उनको घुँडामा चोट लागेको थियो । खेलको बिचमा उनलाई स्क्यानका लागि लगिएको थियो। स्क्यान रिपोर्ट आएपछि उनको चोट गम्भीर नभएको स्पष्ट भएको थियो ।

पिच रिपोर्ट 

हिमाचल प्रदेश क्रिकेट संघको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ। फास्ट बलरहरूले खेलको सुरुमा केही सहयोग पाउन सक्छन्। 

यस मैदानमा अहिलेसम्म ७ ओडिआई खेलिएको छ । पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले ३ खेल जितेको छ भने पछ्याउने टोलीले ४ खेल जितेको छ ।

मौसम पूर्वानुमान 

शनिबार धर्मशालाको मौसम खुल्ने छैन । बादल लाग्ने र चिसो पनि निकै बढ्नेछ। पानी पर्ने सम्भावना ४२% छ। तापमान ११ देखि १८ डिग्री सेल्सियससम्म हुन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप