आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
इजरायलमा आक्रमण

इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण, तस्बिरहरू

शुक्रबार, १० कात्तिक २०८०, ०९ : ४१
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरू मध्ये तीन जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो ।

चारवटा शवमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ । हाल आइपुगेका शवमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको रहेको छ । आशिष चौधरीको शव भने दिउँसो काठमाडौँ आइपुग्नेछ ।

न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने आइतबार बिहान  धामी र विष्टको शव विमानस्थलमा आइपुगेको हो । शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिनेछ । धनगढीमा स्थानीय प्रशासनले पीडितको घरसम्म शवलाई पुर्‍याउने व्यवस्था गर्नेछ ।

nepali killed in israel (1)nepali killed in israel (2)nepali killed in israel (3)nepali killed in israel (4)nepali killed in israel (5)nepali killed in israel (6)nepali killed in israel (7)nepali killed in israel (8)nepali killed in israel (9)nepali killed in israel (10)nepali killed in israel (11)nepali killed in israel (12)nepali killed in israel (13)nepali killed in israel (14)nepali killed in israel (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप