आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गंगा वरदानको ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा

शुक्रबार, १० कात्तिक २०८०, ११ : ४१
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । करिब ४५ वर्षअघि रेकर्ड भएको लोकगायक गंगा वरदानको लोकप्रिय गीत  ‘कहाँमा काट्यो बेतको लौरी’ पुन नयाँ भर्सनमा आएको छ । नेपाली बब मार्लीको रूपमा परिचित गायक वरदानले उक्त गीत बिस २०३५ मा स्वर परीक्षा उत्तीर्ण नगरीकनै रेडियो नेपालमा रेकर्ड गराएका थिए ।

२०५५ साल ताका नमस्ते स्टुडियोका सञ्चालक तथा नमस्ते ब्यान्डका गायक ईश्वर गुरुङको सहयोगमा  निकालिएको एल्बम  ‘गंगा वरदान भाग १’को लागि समेत पुन रेकर्ड गरेका थिए ।

जुपिहाङ्ग लिम्बुको संगीत संयोजन रहेको गीत धरानको न्यु भावना स्टुडियोमा रेकर्ड भएको हो भने मिक्सिङ्ग डम्बर लिम्बुले गरेका हुन् । गंगा वरदानका केही पुराना गीतहरूलाई पुन नयाँ साज सज्जामा ल्याउने क्रममा सिल्भर इन्टरटेनमेन्टको सक्रियतामा यो गीत तथा भिडियो तयार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप