आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाजीगर अभिनेता दलीप ताहिललाई जेल सजाय

शुक्रबार, १० कात्तिक २०८०, १२ : ३८
शुक्रबार, १० कात्तिक २०८०

मुम्बई । बाजीगर, इश्क र रेस जस्ता चलचित्रमा काम गरेका वरिष्ठ अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय सुनाइएको छ । पाँच वर्षअघि २०१८ मा, दलीपले मदिरा सेवन गरी मुम्बईको खार क्षेत्रमा अटोलाई ठक्कर दिँदा एक महिला घाइते भएकी थिइन्। 

ताहिललाई मादक पदार्थ सेवन गरी गाडी चलाएको र अटोलाई ठक्कर दिएको आरोप लागेको थियो। मदिरा सेवन गरी गाडी चलाएको र दुर्घटना हुँदा फरार भएको अनुसन्धानबाट खुलेको छ । तर, ट्राफिक जामका कारण उनी भाग्न सकेनन् । 

_1697952688

उनलाई घटनास्थलबाट खार प्रहरी चौकीमा ल्याइएको थियो, जहाँ उनले मदिरा सेवन गरेको स्पष्ट देखिएको थियो । यही प्रमाणका आधारमा ५ वर्षपछि उनलाई म्याजिस्ट्रेटको अदालतमा दोषी ठहर गर्दै २ महिनाको जेल सजाय सुनाइएको हो।

यसअघिका समाचार अनुसार दलीप दुर्घटनापछि घटनास्थलबाट भाग्न खोजेका थिए तर गणेश विसर्जनका कारण उनी भीडमा फसेका थिए र स्थानीयले समातेका थिए । उनलाई कारबाट बाहिर निकाल्ने प्रयास गर्दा त्यहाँ उपस्थित व्यक्तिसँग उनको झगडा भएको थियो ।

मुम्बईको खार पुलिस स्टेशनका एक इन्स्पेक्टरले दलीपले रगत परीक्षणको लागि आफ्नो नमुना दिन अस्वीकार गरेको बताए । प्रहरीले दुर्घटनामा परी घाइते भएका तीनै जनाको स्वास्थ्य परीक्षण गरेको थियो । ताहिल मादक पदार्थ सेवन गरी लापरवाही गाडी चलाएको आरोपमा पक्राउ परे पनि पछि जमानतमा रिहा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप