आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कफी विथ करण नयाँ सिजनको पहिलो अतिथि बन्दै दीपिका–रणवीर

शुक्रबार, १० कात्तिक २०८०, १३ : २५
शुक्रबार, १० कात्तिक २०८०

मुम्बई । करण जोहरको सेलिब्रेटी च्याट शो कफी विथ करणको ८औँ सिजन छिट्टै सुरु हुँदैछ । यो सिजनको पहिलो एपिसोडमा बलिउडको पावर कपल रणवीर सिंह र दीपिका पादूकोणलाई एक साथ देख्न पाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसअघि पनि यी दुवै शोमा आइसकेका छन् । तर हरेक पटक यिनीहरू छुट्टा छुट्टै आएका थिए । कफी विथ करणमा रणवीर र दीपिकालाई पहिलो पटक सँगै देख्न पाइनेछ । शोमा दुवैले आफ्नो बिहेका केही एक्सक्लुशिभ भिजुअल देखाउन सक्ने बताइएको छ । यी दुईको बिहे सन् २०१८ मा इटलीमा भएको थियो ।

यो एपिसोडको सुटिङका ​​क्रममा सेटमा उपस्थित मानिसहरुका अनुसार यो एपिसोडमा जोडीले आफ्नो प्रेमकथाको बारेमा पनि कुरा गर्ने छन् । दुबैको भेट कसरी भयो, कसरी सम्बन्धमा आए र कसरी दुबैले बिहे गर्ने निर्णय गरे । यी सबै कुराहरू एपिसोडभर छलफल गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप