आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

चच हुई...

शुक्रबार, १० कात्तिक २०८०, १५ : ०७
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ ।

विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ ।नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ । वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दसैंलाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेको छ ।

ping swing (1)ping swing (2)ping swing (3)ping swing (4)ping swing (5)ping swing (6)ping swing (7)ping swing (8)ping swing (9)ping swing (10)ping swing (11)ping swing (12)ping swing (13)ping swing (14)ping swing (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप