कविता
कता लाग्यो प्रिया
शुक्रबार, १० कात्तिक २०८०, १६ : ४६
मेरो घर वरिपरि रहेका
पर्खालका तारबार नाघ्यौ,
सुनसान छ आँगन
आखिर, घरबार छाड्यौं
अन्त्यै माया लाएछौ कि कुन्नि
तिमी कता लाग्यो प्रिया ?
मलाई त सुन भन्थ्यौ
आफ्नो जून भन्थ्यौ
जिन्दगीको सारा सुकुन भन्थ्यौ
तर आज खै
कोही निपूर्ण पो भेटायो कि ?
अनि त हाम्रो मायालाई
अकस्मात मेटायो प्रिया ।
म त स्थिर समुद्र झैँ थिएँ
तिमी हावाको त्यो वेग भयो
जिन्दगीमा रोदनको छाल ल्यायो
जिउँदो शरीर छ, तर आत्मविहीन बनायो
सजाएका सबै सपना उडाई गयो
यो सहयात्रामा अल्पविराम लगाई गयो प्रिया ।
म त अझ भमरा झैँ छु
तिमी चुँडिएको त्यो फुल भयो
तिम्रो आभास पाउन
त्यो मिठास पाउन,
सायद, भौंतारिई रहनेछु
मेरा बन्द आखाँ भित्रको
त्यो दृश्यमा सम्झि रहनेछु
मनमस्तिष्कमा राखिरहनेछु प्रिया ।