आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापा र भक्तपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

शुक्रबार, १० कात्तिक २०८०, १६ : ५७
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । झापा र भक्तपुर जिल्लामा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनाबारीस्थित सडकमा लु.१ च ६८६३ नम्बरको गाडी र मे.५ प ४४८५ नम्बरको स्कुटर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय  यम भट्टराई र स्कुटरमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय रोसन मगर रहेका छन् । दर्घटनामा गम्भीर घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल भद्रपुर हुँदै  बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता भक्तपुरको मध्यपुरठिमी नगरपालिका-७ कमेरेटारस्थित सडकमा बा.२० च ३०३१ नम्बरको हात्ती गाडीको ठक्करबाट भारत मोतिहारी घर भई सोही नगरपालिका-७ कमेरेटार डेरा गरी बस्ने गुड्डुलाल साहकी छोरी ४ वर्षीया आदिती साहको आइतबार बिहान मृत्यु भएको छ । आफ्नै डेरा अगाडि खेलिरहेको अवस्थामा उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप