भाइको निधनले अध्यक्ष नेपालले दसैँ नमनाउने, मतदातासँग समय बिताउने
शुक्रबार, १० कात्तिक २०८०, १६ : ५९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यो वर्षको दसैँमा कसैलाई टीका नलगाउने तथा कसैबाट टीका ग्रहण नगर्ने भएका छन् ।
भाइ सरोजकुमार उपाध्यायको गत २० फागुनमा निधन भएका कारण यो वर्ष नेपाल परिवार शोकमा भएकाले टीका कार्यक्रम नभएको समाजवादी प्रेस संगठन अध्यक्ष विश्वमणि सुवेदीले जानकारी दिए ।
अध्यक्ष नेपाल भने दसैँको अवसर पारेर मतदाता भेटघाटका लागि गृह जिल्ला रौतहट पुगेका छन् । उनी दसैँपछि मात्र काठमाडौँ आउने अध्यक्ष सुवेदीले बताए ।