आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

शामीको घातक बलिङ, २ सय ७३ रनमा समेटियो न्युजिल्याण्ड

शुक्रबार, १० कात्तिक २०८०, १८ : २७
शुक्रबार, १० कात्तिक २०८०

धर्मशाला । मोहम्मद शामीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि न्युजिल्याण्डले भारत सामु २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको हो ।

शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कूलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १–१ विकेट लिए ।

न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक १ सय ३० रन बनाए भने रचिन रवीन्द्रले ७५ रनको योगदान दिए । ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल यङले १७ रन बनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप