आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

इजरायलमा रहेका सबै नेपालीले अनलाइन विवरण भर्नुपर्ने

शुक्रबार, १० कात्तिक २०८०, १९ : ०३
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूले अनलाइनमार्फत आफ्नो विवरण भर्नुपर्ने भएको छ। इजरायलस्थित नेपाली राजदूतावासले सञ्चालनमा ल्याएको अनलाइनमा आफ्नो विवरण भर्नुपर्ने भएको हो। 

यसअघि घर फर्किन चाहनेहरूको लागि मात्र अनलाइन फर्म खुला गरिएको थियो । तर, अब इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो विवरण दूतावासको अनलाइन प्रणालीमार्फत भर्न भनेको छ।

इजरायल र हमासबीचकाे द्वन्द्व झन् चर्किँदै गएको भन्दै दूतावासले यस्तो आह्वान गरेको हो। भोलिको दिनमा कुनै निर्णय लिनुपर्ने अवस्था आएमा सजिलो होस भनेर दूतावासले सबै नेपालीलाई आफ्नो अवस्थाबारे जानकारी गराउन भनेको छ।

इजरायलमा बस्ने नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर रहेको भन्दै परिस्थिति बिग्रँदै गए कुनै आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने दूतावासले जनाएको छ। 

त्यसका लागि सबै नेपालीसम्म सहजै पुग्न सकियोस् भनेर दूतावासले विस्तृत विवरण सङ्कलन थालेको हो । दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्न सबैमा अनुरोध गरेको छ। 

अक्टोबर ७ तारिखको एकाबिहानै गाजास्थित हमास समूहले इजरायलको सीमा क्षेत्रका गाउँहरूमा आक्रमण गरेको थियो। त्यसयता इजरायलले हमास समूहमाथि निरन्तर आक्रमण गर्दै आएको छ। 

इजरायलको निरन्तरता आक्रमणपछि हमास समूहले समेत प्रति आक्रमण गर्दै आएको छ। हाल आएर इजरायलको दक्षिणी क्षेत्रसँगै उत्तरी लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहार भइरहेको दूतावासले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप