आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रामायणका लागि केजिएफ स्टार यशले १५० करोड भारु लिने

शनिबार, ११ कात्तिक २०८०, ०६ : २५
शनिबार, ११ कात्तिक २०८०

मुम्बई । कन्नड सुपरस्टार यश बलिउडमा इन्ट्री गर्ने तयारीमा छन् । केजीएफ फ्रेन्चाइजीबाट विश्वव्यापी चर्चा कमाएका यशले निर्देशक नितेश तिवारीको महत्त्वाकांक्षी परियोजना रामायणका लागि अनुबन्ध भएका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार यो फिल्मका लागि यशले १ अर्ब ५० करोड भारु पारिश्रमिक लिँदैछन् । यो फिल्ममा रणवीर कपुर राम, साइ पल्लवी सिता र यश रावणको भूमिकामा हुनेछन् । 

फिल्मको सुटिङ आगामी वर्ष फेब्रुअरीदेखि सुरु हुने अनुमान गरिएको छ । यशले यो फिल्मलाई बलिउडमा प्रवेशको लागि रोजेको बताइएको छ । फिल्ममा उनको न्यूनतम फिस १ अर्ब भारु हुने र सुटिङ दिनमा बढ्यो भने यो बढेर १ अर्ब ५० करोड भारुसम्म पुग्न सक्ने बताइएको छ ।

यो फिल्ममा यश अलग्गै लुकमा देखिँदैछन् । यस फिल्मका लागि उनले आफ्नो फिजिकमा काम गर्न पनि सुरु गरिसकेका छन् । यशसँग यतिबेला रामायण बाहेक केजीएफ थ्री पनि हातमा छ । यो फिल्मको सुटिङ भने आगामी वर्ष अन्त्यसम्म सुरु हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप