आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्वकपमा आज

पाकिस्तान भर्सेस अफगानिस्तान : जीतकाे लयमा फर्कने प्रयासमा दुवै टोली

एकदिवसीयमा पाकिस्तान अफगानिस्तानविरुद्ध अपराजित
शनिबार, ११ कात्तिक २०८०, ०८ : ३५
शनिबार, ११ कात्तिक २०८०

चेन्नई । पाकिस्तानले एकदिवसीय विश्वकप २०२३ मा सोमबार अफगानिस्तानको सामना गर्दैछ । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक) मा दिउँसो २:१५ बजे सुरु हुनेछ । 

दुवै टोली २०१२ मा पहिलो पटक एकदिवसीय ढाँचामा आमनेसामने भएका थिए, त्यसपछि यी दुईबीच ७ खेल भइसकेका छन् र अफगानिस्तान अझै जितको पर्खाइमा छ ।

विश्वकपमा दुवै टोलीको यो पाँचौँ खेल हुनेछ । पाकिस्तानले चारमध्ये दुई जित र दुईमा हार बेहोरेको छ । अर्कोतर्फ अफगानिस्तानले चारमध्ये तीन खेल हारेको छ र एउटा मात्र जितेको छ ।

हेड-टू-हेड रेकर्डहरू

दुई टोलीबीच हालसम्म कूल ७ ओडिआई खेलिएको छ । पाकिस्तानले सबै खेल जितेको छ । एकदिवसीय विश्वकपमा पनि पाकिस्तानको अग्रता छ । प्रतियोगितामा यी दुईबीच १ खेल भएको थियो । त्यो खेल पनि पाकिस्तानले जितेको थियो ।

पाकिस्तानले पछिल्ला ५ एकदिवसीय मध्ये २ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । अफगानिस्तानले पछिल्ला ५  खेल मध्ये ४ मा पराजित भएकाे छ भने १ खेल मात्र जितेको छ ।

कसको प्रदर्शन राम्रो ?

यस विश्वकपमा पाकिस्तानका लागि मोहम्मद रिजवान सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले चार खेलमा एक शतक र एक अर्धशतक पनि बनाएका छन् । बलिङमा सबैभन्दा धेरै विकेट तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले लिएका छन् ।

अफगानिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले प्रतियोगितामा सर्वाधिक रन बनाएका छन् । यस अवधिमा उनले अर्धशतक बनाएका छन् । बलिङमा राशिद खान सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

सबैभन्दा यादगार खेल 

अफगानिस्तानले २०१९ विश्वकपको समूह चरणमा २२७ रन बनाएको छ । जवाफमा पाकिस्तानले ४५ ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो। उनीहरुलाई ३० बलमा ४६ रन चाहिएको थियो जहाँ बलिङ गर्न आएका अफगानिस्तानका कप्तान गुलबदिन नाइबले १८ रन दिए ।

 खेल अन्तिम ओभरसम्म चल्यो र टोलीलाई ६ बलमा ६ रन आवश्यक थियो। यहाँ पहिलो ३ बलमा ४ रन र चौथो बलमा इमाद वासिमले चौका प्रहार गरेपछि पाकिस्तानले रोमाञ्चक खेल जित्यो । 

 पिच रिपोर्ट 

एमए चिदम्बरम स्टेडियमको विकेट स्पिनरका लागि सहयोगी सावित भएको छ । यस रंगशालामा अहिलेसम्म जम्मा २६ वटा एकदिवसीय खेल खेलिएको छ । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले १५ खेल जितेका छन् भने पछ्याउने टोलीले १० खेल जितेका छन् भने एक खेल भने नतिजाविहीन छ । 

 मौसम पूर्वानुमान

अक्टोबर २३ मा चेन्नईमा अधिकांश समय मौसम सफा रहनेछ। वर्षाको सम्भावना १% मात्रै छ। यस अवधिमा हावाको गति ११ किलोमिटर प्रतिघण्टा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप