फोटोफिचर
तलेजु भवानीको दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम, तस्बिरमा हेर्नुहोस्
शनिबार, ११ कात्तिक २०८०, ०८ : ५१
काठमाडौँ । महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।