आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२ दिनमा ५ करोड पनि कमाउन सकेन टाइगरको गणपतले

शनिबार, ११ कात्तिक २०८०, ०९ : २५
शनिबार, ११ कात्तिक २०८०

मुम्बई  । टाइगर श्रौफ, कृति सेनन र अभिताभ बच्चन स्टारर फिल्म गणपतले २ दिनमा ५ करोड भारु पनि कमाउन सकेन । ओपनिङ डेमा २ करोड ५० लाख भारु कलेक्शन गरेको फिल्मले शनिबार मात्रै २ करोड २५ लाख भारु कमायो । 

चाडपर्वको सिजन चलिरहेको भएपनि फिल्मले हलसम्म दर्शकलाई तान्न सकेन । फिल्मको ओभरअल अकुपेन्सी दरले बल्लतल्ल दोहोरो अंक भेटेको छ । रात्रीकालीन शोमा पनि हलमा खासै अकुपेन्सी छैन । फिल्मको यो हालत हेर्दा मेकरहरुले यसको दोस्रो पार्ट बनाउलान त भन्ने प्रश्न उठिरहेको छ । यस अघि भने फिल्मको अर्को पार्ट पनि आउने हल्ला चलिरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप