आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी कलाकारले भारतमा फेरि काम गर्न पाउने भए

शनिबार, ११ कात्तिक २०८०, १४ : ३१
शनिबार, ११ कात्तिक २०८०

मुम्बई । गएको ७ वर्षदेखि भारतमा काम गर्न पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लाग्यो । प्रतिबन्धको असर माहिरा खान, फवाद खान, आतिफ अस्लम, अली जफर, जावेद शेख र राहत फतेह अली खान समेत कयौं ठूल्ठूला पाकिस्तानी कलाकारहरुसम्म पर्यो ।

तर बम्बई उच्च अदालतले हालै यो प्रतिबन्ध बढाउने मागसहितको एउटा याचिकालाई खारेज गरिदिएपछि पाकिस्तानी कलाकारहरूको भारतमा काम गर्ने बाटो फुकेको छ । यो प्रतिबन्धले सांस्कृतिक सद्भाव, एकता र शान्तिलाई बढावा नदिने ठहर गर्दै न्यायाधिशद्वय सुनील बी शुक्रे र फिरदौस पुनीवालाले याचिकालाई मञ्जुरी दिन अस्वीकार गरेका छन् । भारतमा काम गर्नबाट पाकिस्तानी कलाकारहरूलाई रोक्ने मागसहित फैजल अनवर कुरेशीले याचिका दायर गरेका थिए ।

यसमा पाकिस्तानी कलाकार, संगितकार, गायक, गितकार र टेक्निशियन समेतमाथि प्रतिबन्ध लगाउन र कुनै सम्बन्ध नराख्न माग गरिएको थियो । उनले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउन सूचना एवम् प्रशारण मन्त्रालय, विदेश मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिन माग समेत गरेका थिए । कला, संगीत, खेल, संस्कृति, नृत्य आदि गतिविधि राष्ट्रियताभन्दा पनि माथि रहेको र संस्कृतिले देशहरूबिच शान्ति, एकता र सद्भाव ल्याउन सक्ने फैसलामा भनिएको थियो । सन् २०१६ मा उरी हमलालगत्तै भारतले पाकिस्तानी कलाकारहरूमाथि बन्देज लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप