आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुम्बईको एक भवनमा आगलागी, दुई जनाको मृत्यु

शनिबार, ११ कात्तिक २०८०, १५ : ५६
शनिबार, ११ कात्तिक २०८०

मुम्बई । मुम्बईको कांदिवली क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।  कांदिवलीको महावीर नगरको पवनधाम वीणा सन्तूर भवनमा आगलागी भएको हो । 

आगलागीमा परी अन्य तीन जना घाइते भएको समेत जानकारी प्राप्त भएको छ । समाचार एजेन्सी एएनआईले भवनमा लागेको आगोको भिडियो पनि शेयर गरेको छ ।

बीएमसीलाई उद्धृत गर्दै एएनआईले आगलागीमा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । सोमबार दिउँसो १२.२७ बजे आगलागी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप