घुमघाम
दसैँमा भक्तपुरको सिद्धपोखरीमा रमझम, तस्बिरमा हेर्नुहोस्
शनिबार, ११ कात्तिक २०८०, १७ : ०१
भक्तपुर । नेपालीहरू दसैँको मुडमा छन् । काममा भन्दा पनि घुमघाम र पारिवारिक रमाइलोमा व्यस्त हुने समय हो यो ।
दसैँमा कोही घरघरमै खानपिन र पर्व मनाउँदै रमाइरहेका छन् भने कोही भने नजिकैको रमणीय ठाउँमा घुम्न गएर आनन्द लिइरहेका देखिन्छन् ।
यस्तैमा ऐतिहासिक सहर भक्तपुरको सिद्धपोखरीमा सोमबार आन्तरिक पर्यटकहरू रमाइरहेको देखिन्थे । यो पोखरी वरपर मानिसहरू घुमफिरका साथै बोटिङमा रमाउँदै गरेको पनि देखिन्थ्यो । यो पोखरी भक्तपुर सल्लाघारी नजिक पर्दछ ।