आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उमेर बढ्दै गएपछि महिलालाई तौल घटाउन किन मुस्किल हुन्छ ?

शनिबार, ११ कात्तिक २०८०, २० : ४४
शनिबार, ११ कात्तिक २०८०

काठमाडौं । उमेर बढ्दै गएसँगै महिलाहरूलाई आफ्नो तौल घटाउन मुस्किल हुन्छ । तर यस्तो किन हुन्छ ? तपाईँले कहिले जान्ने कोसिस गर्नु भएको छ ? उमेर बढ्दै जाँदा शरीर, आहार, आनीबानी, निद्रा आदिमा समेत बदलाव आउँछ । यी सबै कुराहरूले वेट लसलाई मुस्किल बनाइदिन्छ ।

हर्मोनमा बदलाव

महिनावारी, गर्भधारण अनि मेनोपज, महिलाको जीवनमा यस्ता कयौँ चरण आउँछ । मेनोपज प्राकृतिक बायोलोजिकल फेज हो । यति बेला महिलाको शरीरमा हर्मोनमा परिवर्तन आउँछ । मेनोपजको बेलामा शरीरमा एस्ट्रोजनको स्तर घट्छ । यसले गर्दा पनि शरीरमा बोसोको मात्रा बढ्छ ।

मेटाबलिजम सुस्त हुनुः

उमेर बढेसँगै मेटाबलिजम कम हुन सामान्य नै हो । ३० वर्ष उमेर कटेपछि नै मेटाबलिजम सुस्ताउन थाल्छ । खानपान सही छैन र नियमित रूपमा व्यायाम गर्नु हुन्न भने यसले तौल बढाउने निश्चित छ । यसरी बढेको तौल घटाउन निकै गाह्रो हुन्छ ।

स्लीप प्याटर्नः जसो जसो उमेर बढ्दै जान्छ निद्रामा समस्या देखिन थाल्छ । रातभरमा ५ ६ घन्टाको निद्रा पुर्‍याउन नै निकै कसरत गर्नु पर्ने हुन्छ । निद्रा राम्ररी पूरा नहुँदा पनि तौल बढ्न थाल्छ ।

खराब जीवनशैलीः

उमेर बढ्दै जाँदा लाइफस्टाइल कम एक्टिभ हुन थाल्छ । शरीरमा एनर्जी स्तर स्लो हुन्छ । दैनिकी सक्रिय नहुँदा पनि तौल बढ्न सक्छ । यति बेला तौल कम गर्न वा तौललाई नियन्त्रित राख्न सक्रिय जीवनशैली अपनाउनु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप