आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

अफगानिस्तानसँग पाकिस्तान स्तब्ध

शनिबार, ११ कात्तिक २०८०, २२ : १४
शनिबार, ११ कात्तिक २०८०

चेन्नई । भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तान अफगानिस्तानसँग ८ विकेटले पराजित भएको छ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको यो पहिलो अवसर हो ।

पाकिस्तानले जीतका लागि प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा मात्र २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । टोलीका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाज र इब्राहिम जाडरानले शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । गुरबाजले ६५ रन तथा जाडरानले ८७ रनको पाली खेले ।

त्यसपछि रहमत शाहले ७७ रन र कप्तान हस्मतुल्लाह शाहिदीले ४८ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । ठुला टोलीविरुद्ध अफगानिस्तानले यो प्रतियोगितामा हासिल गरेको यो दोस्रो जीत हो । यसअघि इंग्ल्याण्ड अफगानिस्तानसँग स्तब्ध बनेको थियो । यता पाकिस्तानले भने सुरुवाती दुई खेल जिते यता लगातार तेस्रो हार बेहोर्न बाध्य बनेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो ।  टोलीका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ९२ बलमा ४ चौका र एक छक्का हिर्काए ।

त्यस्तै, ओपनर अब्दुल्लाह सफिकले ५८ रन बनाए भने शादाब खान र इफ्तिकार अहमदले समान ४०–४० रन बनाए । अफगानिस्तानका लागि युवा खेलाडी नूर अहमदले ३ विकेट लिए भने नवीन उल हकले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप