आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

पाकिस्तानलाई हराएपछि अफगानिस्तानका इब्राहिम जद्रानको बयान चर्चामा

आइतबार, १२ कात्तिक २०८०, ०७ : ५९
आइतबार, १२ कात्तिक २०८०

चेन्नई । सोमबार भएको विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अर्को ठूलो अप्रत्याशित नतिजा निकालेको छ ।  

चेन्नईमा सोमबार भएको खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरेको थियो । टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो । अफगानिस्तानले दुई विकेट गुमाएर २८३ रनको लक्ष्य पुरा गरेको थियो ।

यस खेलका स्टार इब्राहिम जाद्रानले ११३ बलमा ८७ रन बनाएर ‘म्यान अफ द म्याच’ को उपाधि पाए । उनले यो उपाधि अफगानिस्तानका ती शरणार्थीहरूलाई समर्पित गरेका छन् जसलाई पाकिस्तानबाट जबरजस्ती आफ्नो देश फर्काइँदैछ।

उनले भने- ‘म यो ‘म्यान अफ द म्याच’ पाकिस्तानबाट अफगानिस्तानमा आफ्नो घर पठाइएका मानिसहरूलाई समर्पित गर्न चाहन्छु।’ करिब १७ लाख अफगान शरणार्थीलाई नोभेम्बर १ सम्म पाकिस्तान छोड्न भनिएको छ । अफगानिस्तानले पाकिस्तानको यो निर्णयको आलोचना गर्दै यसलाई अस्वीकार्य भनेको छ ।

क्रिकेट मैदानबाट इब्राहिम जद्रानले दिएको यो बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जनताले यसलाई महत्वपूर्ण र बलियो राजनीतिक बयान भनेका छन् ।

यो जितसँगै अफगानिस्तान अंक तालिकाको छैटौं स्थानमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप