आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

जब पाकिस्तानलाई हराएपछि राशिद खान र इरफान पठान मैदानमा नाचे

आइतबार, ०९ वैशाख २०८१, १३ : २४
आइतबार, ०९ वैशाख २०८१

चेन्नई । सोमबार भएको विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गर्‍यो । अफगानिस्तानले दुई विकेट गुमाएर पाकिस्तानले राखेको २८३ रनको लक्ष्य पुरा गरेको थियो ।

अफगानिस्तानका स्टार बलर राशिद खानले यो जितमा खुसी व्यक्त गर्दै यो जितले विश्वकप नै जितेको जस्तै खुशी भएको बताएका छन् । उनले भने, ‘विश्वकप जितेको जस्तो महसुस भयो। हामीले यसअघि पाकिस्तानसँग सात खेल खेलेका थियौं र कहिल्यै जितेका थिएनौं। तर हामीमा आत्मविश्वास थियो।’ अफगानिस्तान टोलीले जितपछि मनाएको खुसीयालीको भिडियो सार्वजनिक भएको छ ।

यस्तै एउटा भिडियो भाइरल भएको छ जसमा राशिद खान जितपछि मैदानमा नाचिरहेका देखिन्छन् र उनीसँगै स्टार स्पोर्ट्स टोलीसँग मैदानमा उपस्थित भारतीय पूर्व फास्ट बलर इरफान पठान पनि नाच्न थालेका छन् ।

यी दुईले सेलिब्रेशनमा डान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप