आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

विश्वकपमा पहिलो पटक रङ्गिन जर्सीको प्रयोग

सोमबार, १० वैशाख २०८१, ०९ : ५९
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँचौँ संस्करण सन् १९९२ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यो विश्वकप पाकिस्तानले जितेको थियो । पाकिस्तानले फाइनलमा इङ्ल्यान्डलाई २२ रनले हराएको थियो । 

पाकिस्तानले एकदिवसीय विश्वकपको उपाधि जितेको त्यो पहिलो पटक थियो । तर, त्योभन्दा पनि महत्त्वपूर्ण कुराको थालनी भएको थियो, सन् १९९२ को विश्वकपबाट । त्योभन्दा अगाडि विश्वकप खेल्ने सबै टोलीका खेलाडीले सेतो रङको पोसाक लगाउने गर्थे । अर्थात्, एकदिवसीय विश्वकपमा पनि ‘अल ह्वाइट’ को नीति अङ्गीकार गरिन्थ्यो । 

तर, सन् १९९२ को विश्वकपमा पहिलो पटक रङ्गिन जर्सीको प्रयोग गरिएको थियो । त्यो विश्वकपमा सहभागी नौवटै टोलीका खेलाडी आ—आफ्नो देशको छुट्टाछुट्टै रङ्गिन जर्सी लगाएर मैदानमा ओर्लिएका थिए । त्यो विश्वकपमा न्युजिल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज, भारत, श्रीलङ्का र जिम्बाबेले भाग लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप