आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रणवीर कपुरले अभिनयबाट ब्रेक लिने, छोरीसँग समय बिताउने

सोमबार, १० वैशाख २०८१, ११ : ५६
सोमबार, १० वैशाख २०८१

मुम्बई । रणवीर कपुरले अब अभिनयबाट लामो ब्रेक लिने भएका छन् । यस समयमा उनले छोरी राहासँग पूर्ण समय बिताउनेछन् । 

आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त हुने भएकाले उनले यो निर्णय लिएकी हुन् । यसैलाई ध्यानमा राखेर रणवीरले यो निर्णय लिएका हुन् ।

हालै रणवीरले जूम सेसन मार्फत आफ्ना फ्यानहरूसँग भेट गरेका थिए । सो क्रममा उनले आफ्नो भावी योजनाका बारेमा कुरा गरे । अब ५–६ महिना घरमै बस्ने उनले बताए । 

यतिबेला उनको सम्पूर्ण ध्यान राहामा मात्र केन्द्रित हुनेछ । राहाको जन्म हुँदा उनी एनिमलको सुटिङमा व्यस्त थिए । जसका कारण उनले छोरीसँग गुणस्तरीय समय बिताउन सकेनन् । उनी अहिले पितृत्व बिदा चाहन्छन् किनभने राहा अहिले निकै भावुक बनेकी छन् ।

रणवीरले थप भने, ‘राहा बामे सरिरहेकी  छिन् । उसले मानिसहरूलाई चिन्दै छ। धेरै माया दिइरहेकी छिन् । उनी पनि पा र मा जस्ता शब्द बोल्न खोज्छिन् । यो उनको वरिपरि भएको सबैभन्दा सुन्दर समय थियो र म यसलाई सधैं सम्झनेछु।’

रणवीरले पत्नी आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त रहेको बताए । जसका कारण उनले यस अवधिमा राहाको हेरचाह गर्नेछन् । उनले अब छिट्टै राहाको पहिलो जन्मदिन आउँदै गरेको र त्यसका लागि आफन्त र साथीभाइसँग सानोतिनो उत्सव मनाउने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप