आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

म्याक्सवेलको विश्व कीर्तिमानी शतक : अस्ट्रेलियाद्वारा विशाल लक्ष्य प्रस्तुत

बिहीबार, १४ मङ्सिर २०८०, १८ : १६
बिहीबार, १४ मङ्सिर २०८०

नयाँ दिल्ली । ग्लेन म्यासवेलको विस्फोटक ब्याटिङ तथा डेभिड वार्नरको शानदार शतकको मद्दतले अस्ट्रेलियाले नेदरल्यान्ड्स सामु ४ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको हो ।

म्याक्सवेलले मात्र ४० बलमा आफ्नो शतक पुरा गरेका थिए । विश्वकपको इतिहासमा यो सबैभन्दा चाँडो शतक हो । यसअघि यही विश्वकपमा एइडन मारक्रमले श्रीलंकाविरुद्ध ४९ बलमा शतक बनाउँदै कीर्तिमान बनाएका थिए । म्याक्सवेलले ४४ बलमा १०६ रन बनाएर अन्तिम ओभरमा आउट भए । उनले यसक्रममा ९ चौका र ८ छक्का हिर्काए ।

david warner

अस्ट्रेलियाको सुरुवात भने राम्रो भएन । मात्र ९ रन बनाएका मिचेल मार्सलाई अस्ट्रेलियाले चौथो ओभरमा नै गुमाएको थियो । तर त्यसपछि वार्नर र पूर्व कप्तान स्टीभन स्मिथले अस्ट्रेलियाको पाली सम्हाले । वार्नरले ९३ बलमा १०४ रन बनाए । उनले ११ चौका र ३ छक्का हिर्काए । त्यस्तै स्मिथले ६८ बलमा ७१ रन बनाए । उनले ९ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, मार्नस लाम्बुसेनले ६२ रनको योगदान दिए । नेदरल्यान्ड्सका लागि लोगन भान विकले ४ तथा बास डी लिडेले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप