फोटोफिचर
सुनसान बनेको काठमाडौँमा चहलपहल बढ्न थाल्यो, तस्बिरहरू
शुक्रबार, १५ मङ्सिर २०८०, ११ : ४८
काठमाडौँ । दसैँ लागेसँगै सुनसान बनेको काठमाडौँमा बिस्तारे चहलपहल बढ्न थालेको छ । दसैँको अवसर पारेर लाखौँले काठमाडौँ छाडेर आफ्नो घर जाने भएकाले काठमाडौँ सुनसान हुने गर्दछ ।
आज टीकाको तेस्रो दिनदेखि भने बिस्तारै चहलपहल बढ्न थालेको छ । घर गएकाहरु काठमाडौँ फर्कन सुरु गरेका छन् भने मान्यजनबाट टीका ग्रहण गर्नेहरूको पनि सडकमा चहलपहल देखिएको छ । बन्द रहेका बजार पनि बिस्तारै खुल्न थालेका छन् ।